Kath khabar
एनआरएनए नेदरल्याण्ड्सः ‘नेतृत्व हाँक्न अब्बल उम्मेदवार मीम पूर्जा’

काठमाडौं, असार १० । एम्स्टर्डमः सम्भावनाको भूमि नेदरल्याण्डमा कैयौं नेपाली आफ्नो भविष्य उज्यालो पार्ने अभियानमा छन् । अन्तभन्दा फरक समुन्नत युरोपेली देश नेदरल्याण्डमा नेपालीको हकहितका लागि कैयौं संंस्था सक्रिय छन् । ती मध्ये एनआरएनए नेदरल्याण्ड्लाई सबैको छाता संस्थाका रुपमा लिइन्छ ।

त्यही संस्थाको नेतृत्व चयन अहिले बहसको रुपमा आइरहेको छ र त्यसका आकांक्षीमध्ये बलियो उम्मेदवारका रुपमा मिम पूर्जा अग्रपंक्तिमा देखा पर्नुभएको छ । लामो समयदेखि नेदरल्याण्डमा सक्रिय पूर्जासँग त्यहाँको दुःखसँगै सम्भावनाको राम्रो जानकारी छ । थातथलो म्याग्दी छाडेर सम्भावनाको भूमिमा आएयता नेपाली समुदायको गाह्रोसाह्रो र अप्ठेरोमा सधैं अग्रपंक्तिमा हुने पूर्जा अरुलाईपछि पारेर भन्दा सबैको सहमतिमा नेतृत्वमा जाने सोचमा रहनुभएको छ ।

एक सार्वजनिक अपिल गर्दै उहाँले सबै पेशा, क्षेत्र र वर्गको प्रतिनिधित्व गराउनका लागि आफूले योजना बनाएको बताउनुभएको छ । आफ्नो नेतृत्वलाई सहमति र विवाद रहित बनाउने भन्दै उहाँले त्यसका लागि नेदरल्याण्डवासी सबैमा अपिलसमेत गर्नुुभएको छ । 
सहमति नभएका खण्डमा लोकतान्त्रिक विधि अपनाउनसमेत तयार रहेको उहाँले बताउनुभएको छ ।

एनआरएनए आइसीसी संयोजक नारायण आचार्य यसपाली सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै त्यसका लागि मिम पुर्जा निर्विवाद रहेको तर्क गर्नुहुुन्छ । ‘उहाँको सबैलाई समेट्न सक्ने र मिलनसार छविले गर्दा उहाँको छातामुनि सबै अटाउन सक्नुहुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘यसपालीको संकटपूर्ण अवस्थामा नेपाली समुदाय एकजुट भएर नेतृत्व छान्नु जरुरी छ । हामी त्यो बाटोमा लाग्दैछौं।’

आफूलाई अगुवाहरुबाट नै समावेसी र सबल नेतृत्वका रुपमा अघि सर्न आग्रह भएकाले दौडमा उत्रन लागेको बताउनुुभएको पुर्जाले अब सबैको साथले नै नेतृत्वमा पुग्ने आशा प्रकट गर्नुभएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update