मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा
मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे
काठमाडौं, कात्तिक १ । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ ।
न्यु लाओस नेशनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १-० ले हराउँदै समग्रमा २-१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो ।
नेपालको जितमा मनिष डाँगीले गोल गरे । मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।
गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
अब नेपालले समूह 'एच' मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्का बीचको विजेतासँग दोस्रो चरणको छनोट 'होम एन्ड अवे' का आधारमा खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय