काठमाडौं, बैशाख ३ । इन्डियन प्रिमियर लिग आइपिएलमा राजेस्थान रोयल्सले पहिलो जित हात पारेको छ । गएराती वाङखेडे क्रिकेट रंगशालामा भएको खेलमा राजेस्थानले देल्ली क्यापिटल्सलाई तीन विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको देल्लीले ८ विकेट गुमाएर एक सय ४७ रनको मध्यम योगफल बनाएको थियो । खराब सुरुवात गरेको देल्लीले सात ओभरको समाप्तीमा ३७ रन बनाउँदा चार विकेट गुमाएको थियो । चेन्नाइ सुपर किंग्समाथि सात विकेटको शानदार जित हात पारी बिजयी सुरुवात गरेको देल्लीका लागि रिशव पन्तले ३२ बलमा ५१ रनको पारी खेले ।
देल्लीका पाँच खेलाडीले दोहोरो रन बनाउन नसक्दा मार्कस स्टोइनस खाता खोल्न नपाइ पेभेलिएन फर्किए । राजेस्थानका लागि जयदेव उनाडकटले तीन , मुस्ताफिजुर रेहमानले दुइ र क्रिश मोरिसले एक विकेट लिए । १ सय ४८ रनको लक्ष्य राजेस्थानले सात विकेटको क्षतिमा दुइ बल बाँकी हुँदा पुरा गर्यो । क्रिश मोरिसले अन्तिम ओभरमा दुइ छक्का प्रहार गरि टिमलाई जिताएका थिए ।
आक्रमक पारी खेलेका मोरिस १८ बलमा ३६ रन बनाएका हुन् । गतिलो सुरुवात गर्न नसकेको राजेस्थानका लागि मध्यक्रमका ब्याट्सम्यान डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । आभेश खानले तीन तथा क्रिश ओक्स र कागिसो राबाडाले दुइ दुइ विकेट लिए । राजेस्थानले आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जावसँग चार रनको हार ब्येहोरेको थियो ।