यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य
काठमाडौं, कात्तिक १ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो ।
नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
युएईका खेलाडी खालिद शाह शून्यमा आउट भएका थिए भने अलिशान शरफुले ६ रन, आसिफ खानले १५ रन, अलि नसिरले ३२ र मुहम्मद वसिमले १७ रन बनाए ।
युएईका लागि डेब्यू खेल खेलेका ओपनर खालिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगेका थिए । उनले ६ बल खेल्दा खाता खोल्न सकेनन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय