काठमाडौं, असार १० । जीवन विकास लघुुवित्त वित्तीय संस्थाले असार ११ गते अर्थात भोलि शुक्रबारबाट १९ करोड ७७ लाख ३० हजार रुपैयाँको साधारण शेयरको बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १९ लाख ७७ हजार तीन सय कित्ता साधारण शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गर्न लागेको हो ।
संस्थाका अनुसार बिक्री गरिने कुुल शेयर मध्यमा शुन्य दशमलव पाँच प्रतिशत अर्थात ३० हजार चार सय २० कित्ता संस्थामा कार्यरत कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ९८ हजार नौ सय ६५ कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको हो ।
संस्थाको हाल अधिकृत पुंजी एक अर्ब रुपैयाँ रहेको संस्थाको जारी पुंजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । चुक्ता पुंजी ४१ करोड छ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको साधारण शेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।
खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । एनएमबी क्यापिटल मार्फत खुल्ला हुने साधारण शेयरको बिक्री कार्य छिटोमा यही असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुुने संस्थाले जानकारी दिएको छ ।