चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या
काठमाडौं, कात्तिक २ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको र उहाँको छातीमा स्टेन्ट राखिएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय