Kath khabar
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य

 

                क्वालालम्पुर, कात्तिक २ ।  अर्जुन कुमालको शानदार शतकसँगै नेपालले १९ वर्ष मुनिको एसीसी प्रिमियर कपमा साउदी अरबलाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रन बनायो । नेपालका अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का सहित १४२ रनको सानदार शतकीय पारी खेले।

यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपक प्रसाद डुम्रेले १४/१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे । साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले २/२ विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले १/१ विकेट लिए ।

आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ । समूह चरणको २ खेलमा नेपालको प्रर्दशन शानदार छ । पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update