सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?
काठमाडौं, कात्तिक २ । आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
आज छापावाल सुन प्रति तोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबार पनि प्रति तोला १३ सयले बढेको थियो ।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय