Kath khabar
त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई ९५ रनको सामान्य लक्ष्य

 

                   काठमाडौं, कात्तिक २ । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको खेलमा हङकङद्धारा नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको छ । नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङका खेलाडीलाई एक पछि अर्को गर्दै विकेट गुमाइरहेको छ । नेपाली बलर हङकङका ब्याट्सम्यानलाई भारी परेका छन् । नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १(१ विकेट लिँदै साथ दिए ।

करणले आफ्नो स्पेलको अन्तिम ओभरको तेस्रो बलमा हरुण अर्सदको विकेट लिएका छन् । उनले खेलको १७ औं ओभरको तेस्रो बलमा दुई रनमा हरुण अर्शदलाई बोल्ड गरेका हुन् ।   

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update