Kath khabar
विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

 

                    काठमाडौं, कात्तिक ३ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलबार अपराह्न २:०० देखि ३:०० बजेसम्म विशिष्ट र ३:०० देखि ५:०० बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २:०० देखि ३:०० बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३:०० देखि ५:०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update