काठमाडौं, कात्तिक ३ । आइसीसी एक दिवसीय विश्वकपमा भारतले बंगलादेशलाई हराएको छ । बिहीबार पुणेको एमसीए मैदानमा भएको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । यो भारतको लगातार चौथो जित हो ।
टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । २५७ रनको लक्ष्य भारतीय ब्याट्सम्यानले ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । कोहलीका अलावा शुभमन गिल ५३ रनले १०औं अर्धशतक बनाए भने कप्तान रोहित शर्माले ४८ रनको योगदान दिए ।
बंगलादेशले पहिले ब्याटिङ गरेको २५६/८ रन बनाएको थियो, जसको जवाफमा भारतीय टोलीले ४१.३ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको थियो । विराट कोहलीले ९७ बलमा १०३ रनको शतकीय पारि खेलेर प्लेयर अफ द म्याच घोषित भए । विराट कोहलीले छक्का प्रहार गर्दै आफ्नो ४८औँ एकदिवसीय र ७८औँ अन्तर्राष्ट्रिय शतक पनि पूरा गरे । यसका साथै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २६ हजार रन पनि पूरा गरेका छन् ।
अब भारतीय टोलीको अर्को खेल अक्टोबर २२ मा न्युजिल्याण्डसँग हुनेछ भने बंगलादेशको अर्को खेल दक्षिण अफ्रिकासँग २४ अक्टोबरमा मुम्बईमा हुनेछ।