काठमाडौं, कात्तिक ३ । नेपाल प्रहरीले नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलाएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) पदमा गरी नेपाल प्रहरीले साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलाएको हो ।
प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको छ । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमररअशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासी र जनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्रबाट २ जना कोटा छुट्याइएको छ ।
असई खुलामा १४० जना भर्ना लिइँदैछ । त्यस्तै अमर र अशक्त परिवारबाट ५, महिला २३, आदिवासी र जनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्रबाट ६ जना कोटा तोकिएको छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । उक्त प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ । आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।