दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ
दाङ, कात्तिक ९ । १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा दाङमा सुत्केरी आमा पक्राउ परेकी छिन् ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको पाइएको हो । घाइते बच्चाको उपचारको लागि लमही अस्पतालमा लगिए पनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।
आफैंले जन्माएको शिशुको हत्याको प्रयास किन गरिन् भन्ने बारेमा खुल्न बाँकी छ । आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय