Kath khabar
त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि युएइलाई

 

                    काठमाडौं, कात्तिक १० । काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि युएइले जितेको छ। घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै युएइले उपाधि जितेको हो।  

कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए ।

काठमाडौंमा अर्को सातादेखि सुरु हुने टी-२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो। नेपालले समूह चरणका चारै खेल जिते पनि फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बनेको छ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update