सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार
काठमाडौं, कात्तिक १२ । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । आज छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य गत शुक्रबारको तुलनामा १५ रूपैयाँले बढेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय