ललितपुरको गोदावरीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
ललितपुर, कात्तिक १२ । ललितपुरको गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दल बहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय