Kath Khabar
भारत तर्फ लैजाँदै गरेको २५० किलो गाँजा सहित २ जना पक्राउ

 

                सर्लाही, कात्तिक १२ ।  सर्लाहीको कविलासी नगरपालिका-९ भलुवाहाबाट २५० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् ।

कविलासी नगरपालिका-१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिनुभयो ।

गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारत तर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा सिन्धुली र सर्लाही उत्तरी गाउँबाट बिक्रीका लागि ल्याएको प्रहरीले अनुमान गरेको छ । तस्करहरूले गाँजा प्लास्टिकमा पोका पारेर बिक्रीका लागि तराईको बाटो हुँदै भारतीय बजारमा पठाउने गरेका छन् । गाँजा खरिद गर्न भारतीय व्यापारी किसानको बारीबारीमा पुग्ने गरेका स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update