काठमाडौं, कात्तिक १३ । आइसीसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गतको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच प्रतिस्पर्धा भइरहेको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा खेल बिहान ९ बजेदेखि सुरु भएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले १०.२ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको छ । मध्यम सुरुआत गरेको सिङ्गापुरले १ विकेटको क्षतिमा ५० रन पूरा गरेपनि ५५ रनसम्म ४ विकेट गुमाएको हो। खेलमा नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ ।
यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु भएको छ । आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। ओमान र माल्दिभ्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।