काठमाडौं, कात्तिक १३ ।आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट नेपाललाई सिंगापुरललाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएको छ।
सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका छन्।
दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन् । उनको ख्ट्टामा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन् ।