भारतको आन्ध्र प्रदेश रेल दुर्घटनामा ६ जनाको मृत्यु, २५ घाइते
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली शहरबाट एम्बुलेन्स पठाउन भनिएको छ
आन्ध्र प्रदेश, कात्तिक १३ । भारतको आन्ध्र प्रदेशमा २ वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली शहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।
यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय