Kath khabar
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित

 

                        काठमाडौं, कात्तिक १३ । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

कुशल भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको हो । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।

स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरेका थिए । नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए ।

अब नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ भने तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update