आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म
भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ
काठमाडौं, कात्तिक १३ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा भिभिआईपी टिकट मूल्य १० हजार राखेको छ । क्यानको टिकेटिङ्ग पार्टनर आइएमइ पेबाट टिकट काट्न सकिनेछ । सामान्य टिकट मूल्य रु २०० राखिएको छ ।
भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ ।
समूह 'बी' मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह 'बी' का सबै खेल मुलपानी मैदानमा हुनेछन् । विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल हुँदै फाइनल पुग्ने २ टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय