ललितपुरको बडिखेलबाट विभिन्न धनमाल चोरी
ललितपुर, कात्तिक १३ । गोदावरी नगरपालिका–४ बडिखेल धनेश्वर मन्दिर नजिक बस्ने राम प्रकाश घिमिरेको टहरोमा कोही पनि नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय