Kath khabar
पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

 

                    काठमाडौं, कात्तिक १४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशभर आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update