काठमाडौं, कात्तिक १४ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुन घटेको छ । नेप्से आज १४ दशमलव २९ अंकले घटेर १८ सय ६४ दशमलव ४० अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ३४ अंकले बढेर तीन सय ६० दशमलव ७८ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको २५ हजार छ सय २५ पटकको कारोबारमा २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज महुली लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्टान्डर्ड चार्टड बैंक, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नबिल बैंक आदि परेका छन् ।