आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भयो । बलिङ तर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए
कोलकाता, कात्तिक १४ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई २०५ रनको लक्ष्य दिएको छ ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भयो । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङ तर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
पाकिस्तान ६ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय