Kath khabar
आज हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

 

                       काठमाडौं, कात्तिक १५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सहित देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने तथा काठमाडौँमा आंशिक बदली रहने सम्भवना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update