काठमाडौं, कात्तिक १५ । सर्वोच्च अदालतले कैद मिनाहा गरी राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगलको मुद्दामा बाँकी बहस आज पनि हुँदैछ ।
मंगलबार सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा रिगलविरुद्धको मुद्दामा बहस भएको थियो । सरकारी पक्षबाट महान्यायाधीवक्तासहित सहन्यायाधीवक्ताद्वय विश्वराज कोइराला र सन्जीवराज रेग्मीले समेत बहस गरेका थिए ।
२०७२ सालमा नेपालगञ्जका रिगलले नेपालगञ्जकै चेतन मानन्धरको हत्या गरेका थिए । हत्या अभियोग पुष्टि भइ सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा आममाफी दिएका थिए । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो ।