आइसिसी टी-२० विश्वकप : सन्दीपले लिए दुई बलमा दुई विकेट
काठमाडौं, कात्तिक १६ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन् ।
उनले नेपाललाई एकै ओभरमा दुई सफलता दिलाएका छन् । उनले १४ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन् ।
यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् । ओमानले १३ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय