Kath khabar
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

 

                       काठमाडौं, कात्तिक १६ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी अन्तिम खेलमा ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update