चालु संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं, कात्तिक १६ । सरकारले आज बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।
बैठकले मन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय