Kath khabar
ओमानसँग नेपाल पाँच रनले पराजित

 

                 काठमाडौं, कात्तिक १६ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२/१२ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।

ओमानका अकिब इलयासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सकिल अहमदले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान जिशान मकसुदले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ। ओमान समूह विजेता बनेको छ। अब सेमिफाइनलमा नेपालले शुक्रबार समूह बी को विजेता युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update