Kath khabar
'लिटिल मास्टर नेपाल २०२३' का लागि आवेदन खुला

 

                     काठमाडौं, कात्तिक १६ । यही मङ्सिर ९ देखी शुरु हुन गइरहेको लिटिल मास्टर नेपाल २०२३ को आवेदन खुलेको छ । आयोजक कलश इभेन्ट्सले एक विज्ञप्ति जारी गर्दै लिटल मास्टर नेपाल २०२३ को नयाँ संस्करण ‘मिस्टर नेपाल २०२३’ को आवेदन खुला भएको जनाएको हो ।

"यदि तपाई अथवा तपाईको बाबु ९ देखि १३ वर्ष पुग्नु भएको छ भने उहाँहरुको लागि यो सुवर्ण अवसर हुनसक्छ", आयोजक कलश इभेन्ट प्रा.लि.का अध्यक्ष सञ्जय महर्जनले बताउनुभयो । उहाँका अनुसार फिनाले भने मङ्सिर ३० शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा हुनेछ । 

प्रतियोगीहरूमा सहभागीहरूलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहारबारे सचेतना कक्षा (गुड टच र ब्याड टच), ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता विषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराइने पनि उहाँले बताउनुभयो ।

प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित लिटल मास्टर नेपाल छापिएको टिसर्ट प्राप्त गर्नेछन् भने व्यावसायिक प्रसिद्ध फोटोग्राफरद्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिइनुका साथै तालिम अवधिभर खाजाको व्यवस्था गरिएको प्रबन्ध निर्देशक वर्षा महर्जनले जानकारी गराउनु भयो । प्रतियोगिताको आवेदन शुल्क रु. ५०० रहेको छ ।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । इभेन्टको कोरियोग्राफीमा भने फेसन कोरियोग्राफर रोहिया महर्जन रहनु हुनेछ।

इच्छुकहरुले तल उल्लेख गरिएको लिन्कमा गएर आवेदन दिन सक्नेछन्।
LITTLE MASTER NEPAL 2023
Online Form Link :http://https://bit.ly/GlobalOnlinePay-LITTLEMASTERNEPAL

#KalasEvents

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update