तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक, गरे कारर्वाही हुने
काठमाडौं, कात्तिक १६ । सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरीले सूचना प्रकाशित गर्दै सोको जानकारी दिएको हो ।
भारतबाट वर्षेनी तिहार लक्षित सयपत्री फूलको माला भित्रिने गरेकोमा यस वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।
यस वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ ।
अनुमति विना भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय