Kath Khabar
थप २४७४ जनामा कोरोना संक्रमण

काठमाडौं, असार १० । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुुई हजार चार ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुुल सात हजार दुुई सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ जना र चार हजार नौ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ  । यसअवधिमा दुुई हजार पाँच सय १८ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या छ लाख २९ हजार चार सय ३१ पुगेको छ । जसमध्ये पाँच लाख ७० हजार नौ सय ५८ जना निको भएका छन् भने आठ हजार नौ सय १८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ४९ हजार पाँच सय ५५ जना रहेकाछन् । उनीहरुमध्ये होम आइसोलेसनमा ४६ हजार पाँच सय जार जना रहेका छन् भने संस्थागत आइसोलेसनमा तीन हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल सात सय ३६ जना आईसीयू र दुुई सय सात जना भेन्टिरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा तीन सय ९७, प्रदेश २ मा ९५, बागमती प्रदेशमा सात सय १६ तथा गण्डकीमा दुुई सय १८ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा एक सय १६, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update