Kath khabar
यूएईसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने, टिममा फर्किए दीपेन्द्रसिंह ऐरी


                      काठमाडौं, कात्तिक १७ ।  आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। नेपालले युएईविरुद्ध फिल्डिङ गर्ने भएको छ।

युएईलाई पराजित गरे नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्वालिफार्यस हुनेछ। त्यसैले यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। 

पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण मैदान बाहिर रहेका अलराउन्डर दीपेन्द्र सिंह ऐरी युएईविरुद्धको खेल खेल्ने भएका छन् । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन् । घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए । उनी युएईविरुद्धको सेमिफाइनलमा प्लेइङ ११ मा समेटिएका छन् ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेख, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने  ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update