काठमाडौं, कात्तिक १७ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्युरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।
यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय लाल प्रसाद सावा लिम्बु ज्यु ले गर्नुभयो । शोरुमका सफलताका लागि शुभकामना दिनुहुँदै माननीय ज्यूले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने कुरा बताउनुभयो ।
साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्युरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराउनुभयो ।
न्युरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि।एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।