आइसिसी टि २० विश्वकप छनोट
युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य
काठमाडौं, कात्तिक १७ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए । बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय