काठमाडौं, कात्तिक १७ । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना "माई चाइल्ड्स एजुकेसन प्रोटेक्सन प्लान" प्रचलनमा ल्याएको छ ।
यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरूको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो ।
यो बीमा योजना एक वृहत समाधान हो जसले बालबालिकाहरूलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमाङ्क रकमको १००% बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्दछ साथै यसको अतिरिक्त, भविष्यमा भुक्तानी गर्नु पर्ने बीमाशुल्कको छुट तथा बीमा योजनाको बीमाङ्क रकमको २% बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।
अभिभावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित असक्तता, दुर्घटना र घातक रोगहरू विरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमाङ्क रकम रु २५०,००० र अधिकतम रु ५,०००,००० भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरु मध्ये छनौट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयोग बीमालाभहरु छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले परिवारहरूका लागि उनीहरूका बालबालिकाहरूलाई उनीहरूले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आइपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठले भने, “माई चाइल्ड एजुकेसन प्रोटेक्सन प्लान“ ले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौँ कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी उहाँहरुका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताको लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।”