Kath khabar
युएईलाई हराउँदै नेपाल टि२० विश्वकपमा छनोट


                     काठमाडौं, कात्तिक १७ । युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।

नेपाल १० वर्षपछि सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो । मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रनको योगदान दिँदै अविजित रहे । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए ।

यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।

यसअघि सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । अब नेपालले टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आइतवार ओमानसँग कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update