Kath khabar
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा

 

                ढाका, कात्तिक १७ ।  बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै ३ सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।

श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामका अनुसार आशुलिया, सावर, मिरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोङ्गी, गाजीपुर, कोनाबारी लगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।

मासिक २३ हजार टाका अर्थात् झण्डै २ सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

ढाकाका तयारी पोशाक उत्पादकहरूले उच्च तलब संरचना सहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउने बारे विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update