जाजरकोट भूकम्प
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो, १४१ जना घाइते
जाजरकोट, कात्तिक १८ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार १४१ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।
भूकम्प पिडीतहरुको उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय