काठमाडौं, कात्तिक १९ । आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टसजितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
आईसीसी टी–२ विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए । समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो।
युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ ।नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।