सशस्त्र प्रहरीद्वारा तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाइयो
काठमाडौं, कात्तिक १९ । भुकम्प पीडितहरूको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (DRS ) कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाइएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करिव पौने ४ बजे तीनवटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो ।
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको हो ।
यसअघि भुकम्प पीडितहरूको लागि आवश्यक सामग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (DRS ) कन्टेनर पठाई सकिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय