उपाधिका लागि ओमानलाई नेपालको १८५ रनको लक्ष्य
काठमाडौं, कात्तिक १९ । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
कप्तान रोहित पौडेल र गुल्शन झाको अर्धशतकमा नेपालले ओमानलाई १८५ रनको रनको लक्ष्य दिएको हो । कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
नेपालका गुलशन झाले धमाकेदार ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन् । उनले २० बलमा ५० रन पूरा गरेका छन्। नेपालका रोहित पौड्यलले ५२ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय