जाजरकोट भूकम्प पीडित परिवारलाई सरकारले दुई लाख राहत दिने निर्णय
काठमाडौं, कात्तिक १९ । जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई नेपाल सरकारले दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यसैगरी भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले प्रभावितका लागि विदेशी सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको उनले बताइन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय