Kath khabar
टि-२० विश्वकप एसिया छनोट : उपाधिको विजेता सुपर ओभरबाट निर्धारण हुने

 

                     काठमाडौं, कात्तिक १९ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ । अब सुपर ओभरको खेल ओमानले सुरु गर्नेछ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

ओमानलाई ७ रन चाहिएको र ६ विकेट गुमाएको अवस्थामा खेल अन्तिम ओभरमा प्रवेश गरेको थियो । कप्तान रोहित पौडेलले स्पिनर सन्दीपलाई बल थमाए । सन्दीपले उत्कृष्ट बलिङको नमूना पेश गरे । पहिलो बलमा उनले एक रन खर्चिए । दोस्रो र तेस्रो बलमा उनले लगातार दुई विकेट लिएपछि नेपालको सम्भावना बलियो बन्यो ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update