Kath khabar
प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई नक्सालमा बोलायो

 

                    काठमाडौं, कात्तिक १९ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्। जथाभावी नबोल्न पटक पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा उपस्थित हुन भनेका हुन्।

उनी विरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको छ।

प्रसाईंले  एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहमा कुराकानी हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दशैं लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आग्रह गरेका थिए।

प्रसाईंले एमाले छाडे पछि अध्यक्ष ओली, नेता महेश बस्नेत विरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी ओली र एमाले विरुद्ध थप आक्रामक देखिएका छन्। प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएका थिए।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update