सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि
काठमाडौं, कात्तिक १९ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको छ । रोमाञ्चक खेलको निर्धारित समयमा दुवै टिमले समान १८४ रन बनाएका थिए ।
जितको लागि १८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १४:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय