Kath khabar
भूकम्पबाट प्रभावित परिवारलाई खाद्यान्न लगायत आवश्यक सामाग्री चेम्बरले सहयोग गर्ने



                   काठमाडौं, कात्तिक १९। नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।

चेम्बरको विपद व्यवस्थापन कोष अन्र्तगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । चेम्बरले आवश्यक सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्वारा प्रणालीमा सहयोग गर्नेछ ।

भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस बितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामाग्री बितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ ।

चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनाको लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update